काठमाडौंमा वायु प्रदूषण बढ्यो, अस्वस्थ हावा चल्दै



काठमाडौं । चिसो बढेसँगै काठमाडौंको वायु प्रदूषण पनि बढेको छ । बिहीबार बिहान काठमाडौंको वायु प्रदूषणको तह (एयर क्वालिटी) १७३ पुगेको छ ।

एयर क्वालिटी अर्थात् एक्युआईको मापन १५० भन्दा माथि पुगेको खण्डमा त्यस ठाउँको वायुलाई प्रदूषित भएको मानिन्छ । नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको विवरण अनुसार बिहीबार बिहान १० बजे काठमाडौंको वायु प्रदूषण १७३ एक्युआई पुगेको छ । जसलाई अस्वस्थ अवस्था भनिएको छ ।

यस्तै भक्तपुर र ललितपुर जिल्लाको वायुको अवस्था भने १६७ एक्युआई पुगेको छ । यसैगरी काठमाडौंको तापक्रम भने २० डिग्री सेल्सियस छ ।

यसैगरी छिमेकी देश भारतको राजधानी दिल्लीको वायु प्रदूषणले खतराको संकेत देखाइसकेको छ । जहाँको वायुको अवस्था बिहीबार बिहान ४७३ पुगेको छ । यस्तो अवस्था हुनु भनेको वायु प्रदूषण अत्यधिक बढेको मानिन्छ । र यो तहलाई खतरनाक अवस्था मानिन्छ ।

बिहीबार नै पाकिस्तानको लाहोरमा वायुको तह ४१९ एक्युआई मापन गरिएको छ । जसलाई पनि खतरनाक अवस्था मानिएको छ । यसैगरी चीनको बेइजिङमा वायुको अवस्था २१० एक्युआई पुगेको छ । जसलाई पनि स्वस्थ वायु मानिदैन ।

यस्तै बंगलादेशको ढाकाको पनि २२६ एक्युआई मापन गरिएको छ । तुलनात्मक रुपमा छिमेकी देशहरु भारत, बंगलादेश, पाकिस्तानको तुलनामा नेपालको वायुको अवस्था उपयुक्त मानिए पनि स्वस्थ भने छैन ।


क्लिकमान्डु