एनआईसी एशियाले सस्तैमा बेच्दैछ देशभर यी स्थानमा रहेका १७० घरजग्गा (सूचीसहित)



काठमाडौं । एनआईसी एशिया बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको १७० वटा गैर बैंकिङ सम्पत्ति बेच्न लागेको सूचना निकालेको हो ।

बैंकबाट ऋण लिएर भाखा नाघेपछि पनि नतिरेका ऋणीको सम्पत्तिलाई बैंकले बेच्ने प्रयास गर्दा पनि नबिकेपछि आफ्नो नाममा सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । बैंकले बेच्न लागेको यस्ता सम्पत्ति जग्गा र जग्गामा बनेका घर (जग्गासहित) रहेका छन् ।

यस्ता घरजग्गा झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौं, दोलखा, ललितपुर, धनुषा, मोरङ, मकवानपुर, आदि जिल्लामा छन् ।

बैंकले आजको ७ दिनभित्र इच्छुक व्यक्ति, संस्था तथा कम्पनीलाई के कति मूल्य तिरी किन्न चाहेको हो भन्ने मूल्य खोली शीलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।


क्लिकमान्डु