१५ दिनभित्र पैसा नतिरे फेरि उद्योगको लाइन काट्ने कुलमानको चेतावनी, प्राधिकरणले जारी गर्यो सूचना
काठमाडौं । १५ दिनभित्र बिजुलीको पैसा नतिरे लाइन काट्ने कुलमान घिसिङको चेतावनीसहित नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूका लागि सूचना जारी गरेको छ । प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनीसहति विहीबार सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
मन्त्रिपरिषद्को २०६१ कात्तिक २५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०६१ कात्तिक २७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले सोही अनुसार भुक्तानी गर्न प्राधिकरणले आग्रह गरिएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
ुवितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टाइम अफ डे (टीओडी) मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला ।
अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (२०६१ मङ्सिर १२) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।