देउती बज्यै मन्दिरकी पुजारी मूल ढोकामै मृत भेटिइन्



कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरमा कार्यरत महिला पुजारी मृत वस्थामा फेला भेटिएकी छन् ।

५१ वर्षीया पूजारी सरस्वती राजी मन्दिरको मूल ढोकाको भित्रपट्टी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिएका छन् ।

मृतक पुजारी राजी सोही वडा निवासी रुद्रबहादुर राजीकी श्रीमती हुन् । मृतक राजी मन्दिरको मूल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुन्डिएको अवस्थामा बुधबार बिहान ५ बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए ।

राजीको मृत शरिरलाई हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको पनि प्रहरीले बताएको छ । साथै घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक खड्काले भने, ‘स्थानीयले सूचना दिएपछि आफैँ बिहान ५:३० बजेदेखि घटनास्थलमै पुगेको थिएँ, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शङ्कास्पद देखिएको छैन, शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ, शव परीक्षणपछि केही खुल्छ ।’ पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ ।


क्लिकमान्डु