गण्डकीका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ



काठमाडौं । दीपक मनाङेको नामले चिनिने गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ पक्राउ परेका छन् । गुरुङलाई मंगलबार बिहान काठमाडौंको स्वयम्भु नजिकै सानो भर्‍याङबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

चक्रे मिलन भनिने गुण्डा नाइकेको २० वर्षअघि तरबारले हात काटिदिएका मनाङेमाथि ज्यान मार्ने उद्योगमा मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

यसअघि पाटन उच्च अदालतले उनीविरुद्ध ५ वर्ष जेल सजायसहित फैसला गरेकोमा मनाङेले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए । तर सर्वोच्च अदालतले पनि उच्चको फैसा सदर गिरिदिएको थियो ।

सर्वोच्चको फैसला सार्वजनिक भएपछि फरार रहेका मनाङेले केही दिनअघि विज्ञप्ति जारी गर्दै आदेशको पूर्णपाठ सार्वजनिक भएपछि आफू प्रहरीमा जाने बताएका थिए । तर त्यसअघि नै उनी पक्राउ परेका हुन् ।


क्लिकमान्डु