नेपालको कृषि मन्त्री र मेक्सिको कृषि मन्त्रीबीच भेटवार्ता
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र मेक्सिको कृषि मन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ।
मकै र गहुँमा आधारित बाली प्र्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्न मेक्सिको पुगेका कृषि मन्त्री अधिकारी र त्यहाँका कृषि मन्त्री बर्डेगाबीच भेटवार्ता भएको हो ।
मकैवालीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था सिमिटको आमन्त्रणमा कृषि मन्त्री अधिकारी मेक्सिको पुगेका छन्् । मन्त्री अधिकारीले नेपालको कृषि र पर्यटन क्षेत्रमा सहयोग गर्न भेटवार्ताको क्रममा बर्डेगासँग आग्रह गरेका थिए ।
सन् १९८५ देखि सिमिटसँग नेपालले औपचारिक रुपमा साझेदारी गरे पनि उक्त संस्थासँग सन् १९६० देखि सहकार्य गर्दै आएको छ । सिमिटले विकास गरेको गहुँको नयाँ जातको गहुँको प्रयोग गरी नेपालमा पछिल्लो समयमा गहुँको उत्पादनमा ठूलो उपलब्धी भएको मन्त्री अधिकारीले भेटवार्ताको क्रममा जानकारी गराएका थिए ।