कालिमाटी तरकारी बजारमा आज : ब्रोकाउली प्रतिकिलो १४०, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा ८८.३३, टनेलको सानो गोलभेडा ११०, रातो आलु ७७.६७, सेतो आलु ६२.६७, गाजर १३०, बन्दा लोकल ५५, स्थानीय काउली ११०, सेतो मुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ६५, तने बोडी १३५, मटरकोशा ११०, टाटे सिमी ७५ र तिते करेला ८५ रुपैयाँ प्रतिकिलोमा मंगलबार बिक्री भएको छ ।

यसैगरी लौका ५५, परवर ६५, चिचिण्डो ३५, घिरौला ८५, पाकेको फर्सी ३५, हरियो फर्सी(लाम्चो) ४५, हरियो फर्सी (डल्लो) ४५, भिण्डी ८५, बरेला ३५, पिडालु १३०, स्कुस १७.६७, रायो साग ४५, पालुङ्गो साग ५५, चमसुर साग १२६.६७, तोरीको साग १२६.६७, मेथीको साग १२५, हरियो प्याज ९०, कन्ये च्याउ २०३, डल्ले च्याउ २९६.६७, ब्रोकाउली १४० र भेडे खुर्सानी १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु