११ र १२ का विद्यार्थीलाई आंशिक तथा ग्रेडवृद्धि परीक्षाको अवसर, ३५ दिनभित्र फारम भर्नुपर्ने



काठमाडौं । पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरुले कक्षा ११ र १२ को  परीक्षा आवेदन फाराम ३५ दिनभित्र भर्न पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले सार्वजनिक सूचना निकालेर मंसिर ७ गतेभित्र आवेदन फारम भर्न सकिने उल्लेख गरेको छ ।

सूचनामा अनुसार कक्षा ११ र कक्षा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुपस्थित/अनुतिर्ण वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पूरानो ग्रेडिङ प्रणाली अनुसार D र E प्राप्त गर्ने ) परीक्षार्थीहरु (कक्षा १२ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएका) लाई अन्तिम पटकका लागि अनुतिर्ण वा तोकिएको ग्रेड प्राप्त गरेका विषयको परीक्षामा सहभागि हुन पाउने निर्णय भएको छ ।

सम्बन्धित विद्यालय मार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फारम भर्न आग्रह गरिएको छ । विद्यालयहरुले भने विद्यार्थीहरुको फारम आगामी पुस २ गतेभित्र बुझाइसक्नुपर्नेछ ।


क्लिकमान्डु