कालिमाटी तरकारी बजारमा आज : स्थानीय काउलीको मूल्य ६५ रुपैयाँमा झर्यो, अन्य तरकारीको मूल्य कति ?

917
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार काउलीको मूल्य घटेको छ । बुधबार प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको स्थानीय काउली बिहिबार ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै ठूलो गोलभेडा ९५, सानो गोलभेडा ६०, टनेलको सानो गोलभेडा ९०, रातो आलु ७७.६७, सेतो आलु ६२.३३, प्याज १२२.३३, गाजर १२५, बन्दा ५५, स्थानीय काउली ६५, सेतो मुला २२.३३, लाम्चो भान्टा ४५, डल्लो भान्टा ६५, तने बोडी ११५, मटरकोशा १४५, घिउ सिमी ५७.६७, टाटे सिमी ९५ र तिते करेला ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

लौंका ५५, परवर ५५, चिचिण्डो ३५, घिरौला ५५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी ८५, बरेला ३५, पिडालु ८५, स्कुस १७.६७, रायो साग ४८.३३, पालुङ्गो साग ६५, मेथि साग १४५, चमसुर साग १४५, तोरीको साग ७५, कन्ये च्याउ २०७, डल्ले च्याउ २२६.६७, राजा च्याउ २९०, ब्रोकाउली १४५, भेडे खुर्सानी १३५, अदुवा २०५ र लसुन ३४० रुपैयाँमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य

Skip This