कालिमाटी तरकारी बजारमा आज: थोकमा घट्दै गोलभेडा र रायो सागको मूल्य, यस्तो छ अन्यको मूल्य

812
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबारको तुलनामा बिहिबार सवै प्रकारको गोलभेडाको मूल्य घटेको छ । पछिल्लो समयमा गोलभेडाको मूल्य निक्कै बढेको थियो ।

बिहिबार कालिमाटी बजारमा ठूलो गोलभेडा ९५ रुपैयाँमा कारोबार गरेको छ । बुधबार यहि गोलभेडा १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । यस्तै सानो गोलभेडा १०० रुपैयाँ, टनेलको सानो गोलभेडा १००, रातो आलु ८१, प्याज १०३ गाजर १३०, बन्दा ४५, स्थानीय काउली १३०, सेतो मुुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ८५, तने बोडी ५५, मटरकोशा १९०, घिउ सिमी ६५ र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी तिते करेला ६५, लौंका ५५, परवर ५५, चिचिण्डो ४५, घिरौला ६५, पाकेको फर्सी लाम्चो ६५, हरियो डल्लो फर्सी ६५, हरियो डल्लो फर्सी ६५, भिण्डी ८५, वरेला ४८, स्कुस, रायो साग ४५, पालुङ्गो साग १२८, तोरीको साग ६५, चमसुरको साग १७६.६७, मेथिको साथ १७६.६७, कन्ये च्याउ १३५, डल्ले च्याउ २८८, राजा च्याउ २९०, ब्रोकाउली १८०, भेडे खुर्सानी १५६.६७, अदुवा २०५ र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य

Skip This