कालिमाटी तरकारी बजारमा आज : कस्तो छ तरकारी बजारको थोक मूल्य ?
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार सुकेको प्याज १०२.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै ठूलो गोलभेडा १२५, सानो गोलभेडा १२०, टनेलको सानो गोलभेडा १३०, रातो आलु ८२.६७, मुढे रातो आलु ७२.६७, गाजर ११५, बन्दा ४५, स्थानीय काउली १३०, सेतो मुला ३२.६७, लाम्चो भान्टा ५५, डल्लो भान्टा ८५, तने बोडी ११५, मटरकोशा १२५, घिउसिमी ९५, टाटे सिमी ७५, तिते करेला ७५, लौंका ५५, परवर ६५, चिचिण्डो ३५, घिरौंला ७५र पाकेको फर्सी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी हरियो फर्सी लाम्चो ९५, हरियो फर्सी डल्ले ६५, भिण्डी ८५, बरेला ९५, स्कुस २५, रायो साग ७५, पालुङ्गो साग ७५, चमसुरको साग २२६.६७, तोरीको साग ७५, कन्ये च्याउ १४०, डल्ले च्याउ ३००, राजा च्याउ २९०, ब्रोकाउली १९०, अदुवा २१० र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य