आन्दोलन बाहेक पोखरा घुमघामको फोटो सामाजिक सञ्जालमा नराख्न रास्वपाको निर्देशन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा पुगेका नेता कार्यकर्तालाई आन्दोलनबाहेकका अन्य क्रियाकलापका संलग्न भएको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन जारी गरेको छ ।

सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा थुनामा रहेका पार्टी सभापति लामिछानेको न्यायका लागि भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । पोखरामा भइरहेको आन्दोलनमा सहभागी हुन पुगेका नेता कार्यकर्ताले घुमघामका तस्बिर सामाजिक सञ्जालमा राख्न थालेपछि रास्वपाले यस्तो निर्देशन दिएको हो ।

सभापति लामिछाने पक्राउको विरोधमा पोखरा पुगेका नेता कार्यकर्ताहरुलाई रास्वपाको अनुशासन विभागले आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा पोष्ट गर्न निर्देशन दिँदै म्यासेज गरेको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’


क्लिकमान्डु