बाढीपहिरो पीडितलाई सरकारको पाँच करोड आर्थिक सहयोग



काठमाडौँ । हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक परिवार दुई लाख रुपैयाँ प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ ।

बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन् भने १८ जना अझै हराइरहेका छन् । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ ।


क्लिकमान्डु