दुईवटा इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकलाइ इजाजतपत्र (लाइसेन्स) खारेजसहितको कारवाही गरेको छ । प्राधिकरणले इमेलसहितको सेवा दिने सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्ससहित कारवाही गरेकाे सूचना सार्वजनिक गरेकाे छ ।

प्राधिकरणले सोमबार सूचना प्रकासन गरेर दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज भएको जानकारी दिएको हो ।
प्राधिकरणबाट २०७६ भदौ ३० मा अनुमति पाएको लाइफ नेट र २०७६ माघ १९ मा अनुमति पाएको सी डाटा कम्युनिकेसनले समयमा नै अनुमतिपत्र नवीकरण नगराएको र तोकिएको दस्तुर तिर्न अनिच्छा देखाएपछि नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा २५ (५) अनुसार इजाजतपत्र खारेज गरेको उल्लेख छ ।

प्राधिकरणले लाइफ नेटलाई भने सूचना प्रकासित भएको ३० दिन भित्र नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष सम्पर्कमा आउन पनि सूचित गरेको छ ।


क्लिकमान्डु