रास्वपाका प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन पानीको फोहोरा हान्दै प्रहरी



पोखरा । रास्वपा सभापति रवि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहोरा तयारी अवस्थामा राखेको छ । प्रदर्शनकारी पोखराको सहिद चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

तर स्थानीय प्रशासनले उक्क क्षेत्र निषेधित घोषणा गरेकाले त्यहाँबाट हट्न प्रहरीले प्रदर्शनकारीलाई आग्रह गरिरहेको छ । प्रदर्शनकारी नहटेपछि त्यहाँबाट उनीहरुलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हान्न लागेको हो ।

यसअघि प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच धकेलाधकेल भइरहेको थियो । रास्वपाले भने देशभरका सबै जिल्लाबाट कम्तीमा १ सय कार्यकर्तालाई पोखरामा विरोधका लागि उपस्थित हुन निर्देशन जारी गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गर्ने तयारी भइरहेको छ । तर रास्वपाका कार्यकर्ताले भने लामिछाने निर्दोष रहेको भन्दै प्रदर्शन गरिरहेका छन् ।


क्लिकमान्डु