सम्मानित अदालतप्रति मलाई विश्वास छ: रवि लामिछाने



काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सम्मानित अदालतप्रति विश्वास राख्ने बताएका छन् । कुनै पनि अपराध नगरेको दाबी गर्दै राज्यले सबै स्रोत र शक्ति लगाएर आफूमाथि षड्यन्त्र गरेको आरोप लगाए ।

राज्यले गरेको दादागिरीविरुद्ध डटेर लाग्न पनि आह्वान गरे । रास्वपाको पार्टी कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि रास्वपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरु भेला भएका छन् ।

भेलालाई सम्बोधन गर्दै लामिछानेले सरकार ढाल्ने निर्णय भएको दिन जसरी पनि रविलाई जेल हाल्ने निर्णय भएको आरोप लगाएका थिए । तर पक्राउ पुर्जी भएकोमा उनले आफूलाई कुनै चिन्ता नभएको बताए । यस क्रममा उनले आफ्नो पार्टी फुटाउने र चुनाव लड्न नदिने षड्यन्त्र गरिएको आरोप लगाए ।

पार्टी कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्नुअघि लामिछानेले सरकारप्रति आक्रोश व्यक्त गर्दै ‘सरकार मरेको’ र आफूहरुलाई जुठो परेको प्रतिक्रिया दिएका थिए । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सरकारले पक्राउ गर्न लागेकोमा आक्रोश पोखेका थिए ।


क्लिकमान्डु