रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा लाग्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि मुद्दा लाग्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन आग्रह गरिएको छ ।

लामिछानेलाई शुक्रबारै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, कास्की पठाइने छ ।

कृष्णप्रसा जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

लामिछानेले केही दिनअघि फेसबुक लाइभ गरेर आपूविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता गरेर फसाउन लगिएको भन्दै कार्यकर्तालाई सतर्क रहन आग्रह गरेका थिए ।


क्लिकमान्डु