रविलाई पक्राउ गरी पोखरा पठाइदिन कास्की प्रहरीले पठायो यस्तो पत्र



काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन जिल्ला प्रहरी कार्यालय कास्कीले पत्र पठाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गरी पठाइदिन पत्र पठाएको हो ।

लामिछानेलाई पक्राउ गर्न शुक्रबार नै प्रहरीले कास्की जिल्ला अदालतबाट अनुमति लिएको हो । यता काठमाडौंस्थित रास्वपाको पार्टी कार्यालयमा भने नेता तथा कार्यकर्ताहरु भेला भएका छन् । ठूलो संख्यामा प्रहरी पनि तैनाथ गरिएको छ ।


क्लिकमान्डु