रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको कार्यालय पुग्यो प्रहरीको टोली

693
Shares

काठमाडौं। रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय पुगेको छ।

सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली लामिछाने विरुद्धको पक्राउ पुर्जी बोकेर रास्वपाको कार्यालय पुगेको हो।

लामिछाने पार्टी कार्यालयमै छन्। उनले विषेश सम्बोधन गर्ने तयारी गरिरहेका छन्।

विभिन्न सहकारीको अर्बौं रकम अपचलन गरेको अभियोग लामिछानेमाथि आरोप छ । सुर्य थापा संयोजकत्वको संसदीय विषेश समितिले लामिछानेमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

Skip This