समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
असोज २९ गते धितोपत्र बोर्डले स्वीकृत दिएसँगै कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।