यी हुन् दुई बैंकसहित सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका ठूला १३ सेयरधनी



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ठूला सेयरधनीमा विभिन्न विभिन्न १३ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीमा सबैभन्दा बढी सेयर हिस्सा सानिमा बैंकको रहेको छ । इन्स्योरेन्समा बैंकको २९ लाख १६ हजार ६०० कित्ता अर्थात ६.९७ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै सिद्धार्थ बैंकको २६ लाख ४० हजार कित्ता अर्थात ६.३१ प्रतिशत रहेको छ ।

इन्स्योरेन्समा जिवनाथ लामिछानेको २३ लाख ८० हजार ९७० कित्ता अर्थात ५.६९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
इन्स्योरेन्समा घनश्याम थापाको १३ लाख ५१ हजार ४७४ कित्ता अर्थात ३.२३ प्रतिशत, अरुण कुमार ओझाको १२ लाख ६६ हजार ३० कित्ता अर्थात ३.०३ प्रतिशत, विनय कुमार श्रेष्ठको १२ लाख ५५ हजार ६१० कित्ता अर्थात ३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

इन्स्योरेन्समा अग्नि होल्डिङ्सको १० लाख कित्ता अर्थात २.३९ प्रतिशत, टेकराज निरौलाको ९ लाख २७ हजार ३८० कित्ता अर्थात २.२२ प्रतिशत, शाम्बा लामाको ७ लाख २९ हजार ४०० कित्ता अर्थात १.७४ प्रतिशत, खेम राज लामिछानेको ७ लाख १८ हजार ९८० कित्ता अर्थात १.७२ प्रतिशत, सोनम ग्यात्सोको ६ लाख २५ हजार २०० कित्ता अर्थात १.४९ प्रतिशत, प्रभा गोयन्काको ५ लाख ८३ हजार ५२० कित्ता अर्थात १.३९ प्रतिशत र सभिता केडियाको ४ लाख ८६ हजार कित्ता अर्थात १.१६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु