कालिमाटी तरकारी बजारमा आज : डल्ले च्याउ ४२६ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा १४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा ८५ र टनेलको सानो गोलभेडा १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रातो आलु ८२, मुढे रातो आलु ७७.६७, प्याज १२७.६७, गाजर १३५, बन्दा ४५, स्थानीय काउली ९५, सेतो मुला ३७.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा २१६.६७, घिउ सिमी ११०, टाटे सिमी ९५, तिते करेला ११०, लौंका ६५, परवर ११०, चिचिण्डो ६५, घिरौला ११०, पाकेको फर्सी ४५ र डल्ले फर्सी ८५ रुपैयाँ प्रतिकिलोमा आइतबार कारोबार गरेको छ ।

भिण्डी ८५, वरेला १३०, पिडालु ६५, स्कुस ३७.६७, रायो साग १४५, पालुङगो साग १४०, तोरीको साग ५५, कन्ये च्याउ १७६.६७, डल्ले च्याउ ४२६.६७, राजा च्याउ २९०, न्युरो ८५, ब्रोकाउली १९०, अदुवा १९० र लसुन ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु