हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।
कम्पनीमा हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ ।
असोज १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।