होटल एभरेस्ट र बसेरालाई विभागले तिरायो तीन/तीन लाख जरिबाना



काठमाडौं । सरकारले दुईवटा होटललाई तीन तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाडौंको बानेश्वरमा रहेको होटल एभरेस्ट र बबरमहलमा रहेको बुटिक होट बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिबाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा किचनमा म्याद गुज्रेको सामान फेला पारेपछि एभरेस्ट होटललाई कारबाही गरेको हो ।

त्यस्तै बसेरा होटलको अनुगमनका क्रममा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको विभागका महानिर्देशक राजन पौडेलले जनाए ।

दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु