बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो



एजेन्सी । बलिउडका अभिनेता तथा शिव सेना (सिन्दे गुट)का नेता गोविन्दालाई आफ्नै असावधानीका कारण आफैंले लिएको रिभल्बरबाट गोली लागेको छ । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिउको छ ।

गोविन्दा आफ्नै घरमा रिभल्बर सफा गरिरहेको बेलामा गोली लागेको बताइएको छ । गोली उनको खुट्टामा लागेको छ ।

तर गोली लागेका बेला उनी पत्नी सुनिता घरमा थिइनन् । सुनिता त्यसबेला जयपुरमा थिइन् । घटनापछि सुनिता घर फर्किएकी छन् ।

गोविन्दाका म्यानेजरका अनुसार उनले लाइसेन्सप्राप्त रिबल्बरलाई कभरमा राखेका थिए । सोही क्रममा रिबल्बर खसेर खुट्टामा लागेको म्यानेजरले बताए ।


क्लिकमान्डु