सामलिङ्ग पावर कम्पनीको लकइन अवधि सकिँदै



काठमाडौं । सामलिङ्ग पावर कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय र कम्पनीका कर्मचारीलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि सकिने भएको छ ।

कम्पनीको लकइन अवधि कात्तिक १५ गतेदेखि लकइन अवधि सकिन लागेको हो । कम्पनीले २०७८ भदौ १८ गतेदेखि २०७८ असोज १ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरेको थियो । उक्त सेयर असोज २० गते बाँडफाँट गरेको थियो ।

बाँकी साधारण सेयर २०७८ कात्तिक ४ गतेदेखि ८ गतेसम्म कर्मचारी र सर्वसाधारणलाई सेयर निष्कासन गरेर १६ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले संस्थापकलाई ३७ लाख ७० हजार, आयोजना प्रभावित स्थानीयका लागि ५ लाख कित्ता र कर्मचारीका लागि १४ हजार ६०० कित्ता सेयर छुट्याएको थियो ।


क्लिकमान्डु