बाढीले क्षति पुर्याएका टाटाका गाडी मर्मत गर्न टोल फ्रिमा फोन गरेर घरमै बोलाउन मिल्ने
काठमाडौं । देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका कारण टाटा प्यासेन्जर गाडीमा पुगेको क्षतिलाई न्युनिकरण गर्न टाटा मोटर्सले आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।
यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी ग्राहकले घरमै यो सुविधा लिन सकिनेछ । टाटा मोटर्सका सर्भिस टिमले घरमै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने बताइएको छ । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगेर पनि गाडीलाई पूर्ण मर्मत गर्न सकिने कम्पनीले जनाएको छ ।
यस दुःखद घडीमा ग्राहकलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउन यस किसिमको सेवा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । यस सेवाका लागि कम्पनीले हटलाइन टोल फ्रि नम्बर समेत उपलब्ध गराएको छ ।
यसका लागि कम्पनीले हटलाइन टोल फ्रि नम्बर (१६६००१५५७७७) वा (९८०१५७५७७७) उपलब्ध गराएको छ । चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखी यस्तो आपलकालीन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी दिए ।