एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न सेबोनले दियो अनुमति
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।
सेबोनले कम्पनीलाई १००ः६६ अनुपातमा हकप्रद सेयर निष्कान गर्न अनुमति दिएको हो ।
यो सँगै कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।