बाढीले निजी क्षेत्रका तीन जलविद्युतमा क्षति पुर्‍यायो, आधा पावर हाउस पहिले नै बन्द



काठमाडौं ।  दुई दिनदेखिको अबिरल वर्षाका कारण आएको बाढीले निजी क्षेत्रका तीन जलविद्युत् आयोजनामा क्षति पूर्‍याएको छ ।

मान्डु, हेवा खोला र तल्लो हेवा खोलामा क्षति पुगेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाका अनुसार कुलेखानी भरिएर गेट खोल्दा निस्किएको पानी र  बागमतीको बाढीका कारण मान्डु (२२ मेगावाट) को पावर हाउस डुबेको छ । पावर हाउस वरिपरी बाढीका कारण कोही पनि जान सक्ने अवस्था छैन् । पाँचथर पावरको हेवा खोला यस अघिको मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी थियो । पुन: पावर हाउसमा क्षति पुगेको छ ।

माउन्टेन इनर्जी तल्लो हेवा  खोला (२१.१ मेगावाट ) मा क्षति पुगेको छ । ‘अहिलेसम्म हामीले तीनवटामा क्षति भएको विवरण पाएका छौं । अरुको  विवरण आएको छैन् । निजी क्षेत्रका आधा पावर हाउस बन्द छ । बाढीका कारण लेदो, काठहरु ल्याएको छ । त्यसले क्षति पुर्‍याउन सक्छ भनेर पावर हाउस बन्द राखिएको हो ,’ उनले भने , ‘बाढी कम भएपछि सञ्चालनमा आउनेछन् ।  यो पटक  पहिले नै सूचना जारी गरेर जोखिममा रहेका स्थानका पावर हाउस बन्द राखिएको हो ।’

बाढीका कारण उत्पादन प्रभावित भएपछि राजधानीसहित मुलुकका धेरै जसो स्थानमा बत्ती आउने/जाने समस्या भइरहेको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्‍याउदा आपूर्ति प्रभावित भएको हो ।

धिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए ।

बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।


क्लिकमान्डु