देशभरका ९५ नदीले चेतावनी तह पार गरे, बाढीबाट जोगिन आग्रह



काठमाडौं । अविरल वर्षापछिको बाढीले देशभरका खोलाहरुमा बहाब उच्च भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका ९५ नदीमा पानीको बहाब जोखिम तहभन्दा माथि रहेको छ ।

पश्चिम राप्ती, कोशी,नारायणी ,बागमति,लालबकैया,कनकाइ,तिनाउ,कमला लागतयतका नदीले चेतानी तह पार गरेको हो ।
विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ ।

अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।


क्लिकमान्डु