
काठमाडौं । बिहीबार विहानैदेखि परेको झरीसँगै वायुसेवाहरुलाई उडान अवतरण गर्न पर्याप्त मात्रामा भिजिबिलीटी नपुगेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने १५० वटा उडान प्रभावित भएको छ ।
बिहीबार विहानको पर्वतीय उडान नभएसँगै केही प्रमुख सहरी गन्तव्यमा उडान नहुँदा विमानस्थलबाट हुने आन्तरिक उडानमा ढिलाइ हुने र रद्द भएका कारण अरु उडानसमेत प्रभावित हुन पुगेका विमानस्थल कार्यालले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार बिहीबार साँझसम्म पोखरा, भरतपुर, सिमरा, भद्रपुर र सुर्खेतमा उडान नभएको छ । सम्बन्धित वायुसेवाले अब उडान अनुकुल नहुने गन्तव्यको उडान रद्द गरिसकेका छन् । आजको लागि तय भएको उडानमध्ये ५ गन्तव्यको जहाजै जान सक्ने अवस्था सिर्जना भएन ।
बुध्द एयरले भिजिबिलीटी नपुगेकै कारण भरतपुर र सुर्खेतका सबै उडान रद्द गरेको छ भने साँझ ५ वजेसम्म पनि भद्रपुर र पोखरामा उडान हुन नसकेको जानकारी दिएको छ । यो वायुसेवाको काठमाडौंबाट पोखरा सबैभन्दा बढी उडान हुने गन्तव्य हो । बुध्दले पोखराको लागि दैनिक १७ वटासम्म उडान गर्ने गरेको छ ।
प्रतिक्रिया