इजरायली सेनाले पूरै शक्ति लगाएर हिजबुल्लाहमाथि आक्रमण गर्ने



एजेन्सी । इजराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इजरायली सेनाको पूरै शक्तिले हिजबुल्लाहमाथि हमला गर्ने बताएका छन् ।

तर अमेरिकासहित इजरायलका अन्य नजिकका देशले युद्धविरामका लागि आग्रह गरेका छन् ।

लेबनानका स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाईआक्रमणमा कम्तिमा ९२ जनाको ज्यान गएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतको दक्षिणी हिस्सामा रहेको एक भवनमा हवाई हमलाका क्रममा उनीहरुको ड्रोन यूनिटका चिफ मोहम्मद सुरूरको मृत्यु भएको छ ।

बुधवार अमेरिका, बेलायत र यूरोपियन यूनियनले तीन हप्तासम्म युद्धबिरामको प्रस्ताव गरेका थिए ।

तर इजरायलले यो प्रस्ताव मान्न अस्वीकार गरेको थियो ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो सबै लक्ष हासिल नभएसम्म आफूहरु नरोकिने बताएका छन् ।


क्लिकमान्डु