अपि पावरले भन्यो- लाभांश वितरण गर्ने निर्णय कानुनसम्मत छ



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश वितरण कानुनसम्मत भएको दाबी गरेको छ ।

बिहिबार विज्ञप्ती जारी गर्दै  कानुनसम्म रुपमा लाभांश वितरण गर्न लागेको बताएको छ । अपि पावर कम्पनीले कम्पनीको खुद मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका दागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । विद्युत नियमन आयोगले कम्पनीले देखाएको मुनाफा वितरण कम्पनी ऐन, २०६३ को दफा ५६ को उददफा (१०) बमोजिम बर्जित गरिएको कारण देखाई स्वीएत दिन नमिल्ने भन्दै पत्राचार गरेको छ ।

विद्युत नियमन आयोगले लाभांश वितरण गर्न स्वीकृति नदिएपछि कम्पनीले विज्ञप्ती निकालेर कानुनसम्मत भएको दाबी गरेको हो ।  


क्लिकमान्डु