दशैंलाई मोबाइल आयात बढ्यो, पौने ७ अर्ब भन्सार मूल्यका स्मार्ट फोन बजारमा




काठमाडौं । दशैंलाई मोबाइल आयात बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन र भदौं)मा पौने ७ अर्ब रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९५८ वटा स्मार्ट फोन बजारमा आएका छन् ।

साउन र भदौमा भित्रिएका यी मोबाइल दशैं लक्षित गरेरै आएको हुँदा गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा रु. १ अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार नेपाल भित्रिएका मोबाइलमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल भित्रिएको छ । यस्तो मोबाइल आयात गतवर्षको सोही अवधिमा ३ लाख ६६ हजा वटा रहेको छ ।

तथ्यांक अनुसार नेपाल भित्रिएका यस्तो मोबाइल गत वर्षको तुलनमा यो वर्षको दशै लक्षित संख्याकै कारण साउन र भदौमा आएका मोबाइल ८८ हजार ४ सय वटा वढी रहेको पनि तथ्यांकले देखाएको छ ।

यो तथ्यांक केलाउँदा साउनमा मात्रै २ लाख २५ हजार वटा स्मार्टफोन भित्रिएको छ । बाँकी २ लाख २९ हजार मोबाइल भदौ महिनामा आएको देखिएको छ । गत वर्षको साउनमा १ लाख ७९ हजार वटा स्मार्ट फोन आएको थियो । उक्त वर्षको भदौमा आयात भएको मोबाइलको संख्या १ लाख ८६ हजार वटा मात्रै भएको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु