छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई हिजै राति विमानबाट पोखरा लगिएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी, प्रबन्ध निर्देशक रवि लामिछाने लगायतलाई कारबाहीका लागि सिफारिस गरेको छ ।


क्लिकमान्डु