श्रीलंकामा राजापाक्षेलाई हराउँदै वामपन्थी नेता दिसानायके राष्ट्रपति निर्वाचित



एजेन्सी । श्रीलंकामा वामपन्थी राजनीतिक दलका नेता अनुरा कुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार श्रीलंकाको निर्वाचन आयोगले दिसानायकेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिसकेको छ ।

सरकारी अधिकारीहरुका अनुसार दिसानायकेले सोमबार शपथ ग्रहण गर्ने छन् । सोमबार राष्ट्रपति कार्यालयमा सामान्य कार्यक्रमका बीच शपथ ग्रहण गर्ने श्रीलंकाको पत्रिका डेली मिररले उल्लेख गरेको छ ।

श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा दिसानायकेले ३२. प्रतिशत मत पाएका छन् । दोस्रो स्थानमा रहेका सजिथ प्रेमादासाले २६.८ प्रतिशत पाए भने रनिल विक्रमासिंघेले १३.९ प्रतिशत मत पाएका छन् ।

यससँगै दिसानायकेले झण्डै साढे ३१ लाख मत प्राप्त गर्दा लामो समय श्रीलंकाको नेतृत्व गरेर अनुभवी राजनीतिज्ञ महिन्दा राजापाक्षेको परिवारका सदस्य तथा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेका छोरा नमिल राजापाक्षेले २ लाखभन्दा कम मत अर्थात् १ प्रतिशत मत पाए ।

दुई वर्षअघि श्रीलंकामा आर्थिक संकटसँगै उत्पन्न विद्रोहका कारण गोटाबाया पदमुक्त भएपछि रनिल विक्रमासिंघे राष्ट्रपति बनेका थिए । र त्यहाँ नयाँ राष्ट्रपतिको निर्वाचन हालै गरिएको थियो ।


क्लिकमान्डु