आशा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभा बाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।