गोरखा मिडियामार्फत रास्वपाका नेता आचार्यले लिएका थिए सहकारीको ४ करोड

406
Shares

काठमाडौं । सहकारीको रकम ठगीको आरोप लागेका रास्वपाका सहमहामन्त्री विपिन आचार्यले पनि गोरखा मिडिया नेटवर्कमार्फत् ४ करोड २१ लाख ९३ हजार ७ सय ५० रुपैयाँ लिएको खुलासा भएको छ ।

आचार्यले नोबडी प्रडक्सन नामको कम्पनीका लागि पेस्कीको रुपमा उक्त रकम लिएको देखिएको छ । सहकारी ठगी प्रकरणमा छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिबेदनमा आचार्यले उक्त रकम लगेको देखिएको छ।

त्यसबेला लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीमा जनताहरुले जम्मा गरेको २ अर्ब रुपैयाँ ६५ करोड रकम प्रवाह भएको देखिएको छ ।