तरकारीमा विषादीको अत्याधिक प्रयोग न्यूनीकरण गर्न जरुरी: कृषिमन्त्री



काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।

काठमाडौंको बल्खु स्थित कृषि तथा तरकारी बजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन नसक्ने बताए ।

आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको बताए ।

तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए । विषादी न्यूनीकरणका लागि किसानलाई मन्त्री अधिकारीले आग्रह पनि गरे ।

किसान र सम्बन्धित निकायबीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले बताए।

किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि वजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।


क्लिकमान्डु