दुबइमा अड्किएको निगमको न्यरोबडी काठमाडौं आएसँगै नियमित उडानमा

721
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा अड्किएको नेपाल वायुसेवा निगमको एक न्यरोबडी काठमाडौं आएसँगै नियमति उडान गर्न थालिसकेको छ ।

निगमले नियमित उडानमा प्रयाेग गरिरहेको एयरबसको ए३२०-२०० को ९ एनएकेएक्स (लुम्बिन) नामक एउटा न्यारोबडी जहाज तीन दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा अलपत्र परेको थियो ।

उक्त जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि शनिबारदेख दुबइमै थन्किएको थियो । उक्त जहाजको आवश्यक मर्मत गरेर सोमबार साँझ काठमाडौं आएको छ भने यसले काठमाडौं आएलगत्तै नियमित उडान सुरु गरिसकेको निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहले जानकारी दिए । यो जहाज शनिबार काठमाडौंबाट दुवई गएपछि देखिएको प्राविधिक समस्याका कारण उतै थन्किएको थियो ।

निगमको यो जहाज नियमित उडानमा आएसँगै मंगलबारबाट एउटा वाइडबडी र २ वटा न्यारोडीसहित ३ वटा जहाजले नियमित उडान थालेका छन् । निमको अर्को एउटा वाइडबडी जहाज भने मर्मतकै क्रममा इटलीमा छ ।