निगमको न्यारोबडी जहाज ३ दिनदेखि दुबइमा अलपत्र, एकपछि अर्को समस्याले उडान व्यवस्थापन मिलाउनै सकस
काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी जहाज तीन दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा अलपत्र परेको छ । निगमको एक न्यारोबडी जहाज एयवसको ए३२०-२०० को ९एनएकेएक्स (लुम्बिनी) नामक जहाजको हाइड्रोलिकमा समस्या भएकोले तीन दिनेदेखि दुबइमै छ । यो जहाज शनिबार काठमाडौैंबाट दुवई गएपछि समयमा नै मर्मत हुन नसकेका कारण फर्कन ढिलो भएको छ ।
वायुसेवा निगमका अनुसार उक्त जहाज मर्मत भइरहेको छ । जहाज जति छिटो बननाउन सकिन्छ त्यति नै छिटै ल्याउने तयारी पनि भएको छ । जहाज छिटो मर्मत गर्न समान पनि छिटो उपलब्ध गराउनुपर्ने चुनौती निगमलाई छ ।
निगमका अनुसार यसको समाधान खरिद गरेर दिन समय लागेकोले आइतबारै आउनुपर्ने भएपनि सोमबार साँझ (आज बेलुकासम्म) मात्रै काठमाडौं आउन सक्ने छ । निगमका अनुसार जहाज मर्मत गरेर फर्कन जति ढिलो भयो उति नै उडान व्यवस्थापनमा समस्या हुन्छ ।
निगमले तीन दिन अगाडि मात्रै इटलीबाट सिचेक गरेर ल्याएको एउटा वाइडबडी जहाजले शुक्रबारदेखि मात्रै उडान सुरु गरेको थियो । अर्को एउटा वाइडबडी चिकेककै लागि इटली गएकोले उक्त जहाज तत्काल आउँदैन् ।
आइपुगेको एयरवसको ए३३० को ९एन एलवाई कसाइनको वाइडबडी मर्मतमा कमजोरी भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ९० जना कम यात्रु बोक्ने गरी लोड पेनाल्टीलगाइदिएको थियो । उक्त लोड पेनाल्टी एक दिनलाई मात्रै लागेकोले शनिबारदिने नै पूर्ण यात्रु क्षमता उड्न थालेको निगमको भनाइ छ । निगमका अनुसार जहाज थन्कने क्रम बढी हुँदा उडान व्यवस्थापन मिलउनमै सकस भएको छ ।
वाइडबडी ८० दिनसम्म नहुदा न्यारोबडीले उडान व्यवस्थापन मिलाउन भएको सकस मिलाउँद खोज्दै गर्दा फेरि एउटा न्यारोबडी थन्किदा निगमको उडानमा दैनिक दबाब परेको पनि निगमका अधिकारीको भनाइ छ ।
यस्तै सोमबार बिहान काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे रोकेर यात्रुहरुलाई ओरालिएको छ । यो जहालले गर्दा अन्य जहाजलाई पनि केही समय उडानमा समस्या परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
बुद्ध एयरको नाइन एन-एआईटी जहाज काठमाडौंबाट भरतपुर उड्ने क्रममा प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।