पेट्रोलको मूल्य ४ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रूपैयाँले घट्यो



काठमाडौं । पेट्रोलको मूल्य ४ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रूपैयाँले घटेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरि तेलको भाउ घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रूपैया र डिजेल/मट्टीतेलको १४९ रूपैयाँ कायम भएको छ । अन्य इन्धनको भाउ भने यथावत छ ।


क्लिकमान्डु