पोखरा विश्वविद्यालयको शिक्षण अस्पताललाई सिद्धार्थ बैंकको अपरेसन थिएटर टेबल हस्तान्तरण



काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण गरेको छ।

शुक्रबार बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा केडियाले बैंकले सामाजिक कार्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखेको भन्दै विश्वविद्यालयसँग हातेमालो गर्न पाउँदा आफूहरूलाई खुशी लागेको प्रतिक्रिया दिए ।

‘यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने हाम्रो उद्देश्य छ’, उनले भने । रजिस्ट्रार भण्डारीले शिक्षण अस्पतालका लागि बैंकले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।


क्लिकमान्डु