केई गाडीको टेस्ट ड्राइभ गर्न पाइने



काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ गराउने भएको छ । यही भदौ २९ र ३० गते लक्ष्मी ई मोबिलिटीले टेस्ट ड्राइभ गराउने भएको छ ।

थापाथलीमा रहेको केई शोरुममा भदौ २९ गते र नक्सालको भाट-भटेनीमा रहेको केई शोरुममा ३० गते पुगेर केईको इलेक्ट्रिक एसयूभ एक्स ३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई क्युट ०४ र ई क्युट ०२ टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ । सहभागीहरुमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को मिक्सर ग्रिन्डर प्राप्त गर्नेछन् । इच्छुक व्यक्तिले केईको शोरुममा गई यस योजनामा सहभागी भएर टेस्ट-ड्राइभ गर्न सक्ने बताइएको छ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो । जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो। यससँगै कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालै मात्र कम्पनीले काठमाडौंस्थित तीनकुनेमा केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सञ्चालनमा ल्याएको छ।


क्लिकमान्डु