टाटा पन्च ईभी काठमाडौं बाहिरबाट पनि बिक्री सुरु, रिजनल लन्च पूर्वबाट



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ ।

बिर्तामोडस्थित अलास्का अटोमोबाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च ईभीको लन्च गरिएको छ। सोहि कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ । 

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रालिका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता थियो । 

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहेको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

गत चैतमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए । 

पूर्वको लन्च सकेर अब टाटा पन्च ईभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ ।  

टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ लाख रुपैयाँ भन्दा  दुइ  सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नु सकिनेछ । 

पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार रुपैयाँ पर्ने छ ।

भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नेछन् । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो  ५ स्टार सेफ्टी रेटिंग पाएको कार हो ।


क्लिकमान्डु