सानिमा बैंकका ग्राहकलाई दूसित प्रिन्सेसमा छुट



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था गरेको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्युआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा बैंकका ग्राहकहरुले रिसोर्टका खाना लगायतका सबै सेवाहरुमा १५ प्रतिशतको छुट पाउने छन् ।

यसैगरी बैंकले आफ्ना ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध छ । देशका सातै प्रदेशमा सानिमा बैंकका १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु संचालनमा रहेका छन् ।


क्लिकमान्डु