भारतमा सार्वजनिक भयो एमजीको विन्डसर ईभी, नेपाल कहिले आउँछ ?



काठमाडौं । भारतमा एमजी विन्डसर ईभी सार्वजनिक भएको छ ।

एमजी इन्डियाले अक्टोबर ३ देखि ग्राहकहरुले बुकिङ गर्न सक्ने गरी ग्लोबल प्रिमियर गरेको हो । भारतमा सेप्टेम्बर २५ देखि टेष्ट ड्राईभ गर्न पाइनेछ । अक्टोबर१२ देखि डेलिभरी हुनेछ ।

नयाँ विन्डसर ईभी एक्साईट, एजुकेटीभ र इसेन्स गरी तीनवटा भेरियन्टमा उपलब्ध छ । ३८ किलोवाटको ब्याट्री छ । १०० किलोवाटको क्षमताको इलेक्ट्रिक मोटर छ । पीकटर्क २०० एनएम दिन्छ ।   सिंगल चार्जमा ३३१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । सुरुवाती मूल्य ९ लाख ९९ हजार भारुमा तोकिएको छ ।

यो कारमा १५.६ इन्च टच स्क्रिन, ८.८ इन्च डिजिटल ड्राइभर्स डिस्प्ले र प्यानोरमिक ग्लास रुफ छ । ३६० डिग्री क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टम छ ।

एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्स हो । यो कम्पनीले भारतमा बिक्री सुरु भएपछि एमजी विन्डसर ल्याउने सम्भावना छ ।  


क्लिकमान्डु