एक सातामै १०० युनिट बढी पन्च ईभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले १ हप्तामा १०० युनिट भन्दा बढी डेलिभरी गरेको छ । यी सबै कार काठमाडौंमा डेलिभरी भएका हुन् ।

नाडा अटो शोमा टाटा पन्च ईभी सार्वजनिक भएको थियो । पन्च ईभी ४७५ युनिट बुकिङ भएको  थियो ।

 पन्च ईभीको नाडाको पहिलो दिनमै १०० युनिट बढी बुकिङ भएको थियो । पन्च इभीको बुकिङ उत्साहजनक थियो ।  कम्पनिले जति सक्दो छिटो डेलिभरी गर्ने उदेश्य बनाएको छ ।  बुकिङ गरेका ग्राहकलाई जतिसक्दो छिटो  गाडी डेलिभरी गर्ने गरी काम गरिरहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले दाबी गरे । साथै पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भएको छ ।

टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ लाख रुपैयाँ भन्दा  दुइ  सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सक्नु सकिनेछ ।  पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार रुपैयाँ पर्ने छ ।

यो सस्तो मूल्यमा पाइने एसयुभी ईभी हो । सिप्रदी लिगेसी भएको व्यवसायिक घराना हो । यो घरानामा मानिसहरुले विश्वास गर्छन् । चिनियाँ ईभीको विकल्पमा उनीहरुले यो कार मन पराईरहेको बुझिएको छ ।

यो ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो । उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको छ।

एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको कम्पनीको भनाइ छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।

भारतमा लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको कम्पनीले जनाएको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित भएको छ ।

पन्च सर्ट रेन्ज (एसआर) सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।

लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री  छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।


क्लिकमान्डु