काठमाडौं बाहिर नजान वायुसेवा कम्पनीको लबिङ, ५०% आम्दानी गुमे पनि पोखरा-भैरहवा चलाउँछौं: उड्डयन प्राधिकरण




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान चाप कम गर्न आगामी नोभेम्बरदेखि हुने उडान अवरणको तालिका नै कम स्वीकृति गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

प्राधिकरणले १६ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमध्ये ४० प्रतिशत बाहिर पठाउने ट्याक्सी वे मर्मत गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणकोले सम्बन्धित वायुसेवालाई काठमाडौं विमानस्थलको चाप घटाउने गरी परिपत्र जारी गरेको भए पनि वायुसेवा कम्पनीहरुले उडान नघटाउने र काठमाडौं विमानस्थलको सञ्चालन समयभित्रै आ-आफ्नो उडान व्यवस्थापन मिलाउने लविङमा रहेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विदेशी वायुसेवाहरुले पनि उडान नघटाइदिन र काठमाडौंबाटै उडान गर्न राजनीतिक नेतृत्वदेखि उच्च तहका कर्मचारीसँग तीब्र लबिङ गरिरहेका छन् ।

उड्डयन प्राधिकरणका अनुसार ११ असोजदेखिकै उडान कटौती गराउने गरेको तयारीको तालिका केही फेरबदल गरेर आन्तरिक र बाह्य एयरलाइन्स दुबैलाई १६ कात्तिकदेखि काठमाडौंबाट हुने उडान घटाउन निर्देशन दिइसकिएको छ ।

तर, आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानका वायुसेवा विमास्थलको मर्मत समय घटाउन, विमानस्थल खुल्ने समयमै आफ्ना उडान राख्न र पोखरा तथा भैरहवा नजान तीब्र लबिङ गरिरहेका छन् ।

नेपाल वायुसेवा निगमले काठमाडौं बाहिर जाने वातावरण व्यापारले गर्नुपर्ने तर्क दिएको छ । ‘काठमाडौंमा यात्रु हुन्छन्, बाहिर पोखरा र भैरहवा गएर के गर्नु ?’ नेपाल बायुसेवा कम्पनीका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने, ‘प्राधिकरणले उडान तालिका घटाएर र जवरजस्ती काठमाडौं बाहिरबाट उडान गर्नु भनेको छ । काठमाडौं बाहिर जान निगमसँग जहाजकै अभाव छ।’

निगमसँग पर्याप्त जहाज नहुँदा बजार खोज्दै जाने अवस्था नभएकोले काठमाडौंबाट उडान गर्ने यात्रुको पनि माग अनुसारको सेवा दिन नसकिएको निगमको भनाइ छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार काठमाडौं विमानस्थलको आम्दानी ५० प्रतिशत घटेको अवस्थामा पनि पोखरा र भैरहवा विमानस्थल सञ्चालन गराउने योजना प्राधिकरणले बनाएको छ । उनका अनुसार काठमाडौं विमानस्थलको उडान चाप घटाउन र मर्मतको बेला विकल्प खोज्न यसअघि नै जानकारी दिइसकिएको पनि उनको भनाइ छ ।

प्राधिकरणले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको बाध्यात्मक अवस्था वायुसेवा कम्पनीको लागि सिर्जना गरिदिने भएको छ । प्राधिकरणले ९ भदौमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै काठमाडौं बाहिर ४० प्रतिशत उडान गर्न परिपत्र गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार ११ असोज (२७ सेप्टेम्बर)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने छ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने कम्पनीमा ३३ प्रतिशत उडान कटौती गर्नुपर्ने भएको छ । त्यसका लागि यो विमानस्थलबाट उडान गर्ने सबै वायुसेवालाई पत्राचार गरेर ४० प्रतिशत उडान रिसेड्युल गर्न अनुरोध गरेको छौं ।

काठमाडौंमा कटौती गर्नुपर्ने उडानमध्ये पोखरा र भैरहवाबाट गर्न आग्रसहित पत्राचार गरेको भुलले बताए । उनले भने, ‘उक्त समयमा धावनमार्ग अवरुद्ध हुने भएकोले सञ्चालन समय समेत घट्ने छ । त्यो समयमा काठमाडौंबाट हुन नसक्ने उडानमध्ये कम्तिमा १० प्रतिशत पोखरा र २० प्रतिशत भैरहवाबाट गर्ने गरी उडान व्यवस्थापनको तालिका मिलाउन पनि सम्बन्धित वायुसेवालाई प्राधिकरणले पत्रचार गरेको छ ।’

हाल २१ घण्टासम्म सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान १० घण्टासम्म बन्द गर्नुपर्ने भएको छ । यो भनेको हालको उडान संख्याको ६६ प्रतिशत काठमाडौंबाट हुन सक्छ भने ३३ प्रतिशत बाहिरबाटै गर्नुपर्न हुन्छ ।

धावनमार्ग बन्द हुँदा ४ वटा उडान तालिका भएका वायुसेवाले २ वटा काठमाडौं बाहिरबाटगर्नुर्ने हुन्छ । प्राधिकरणका अनुसार अब ११ असोजदेखि कम्तिमा ५ महिना काठमाडौंबाट हुने उडान अवतरणको लागि सम्बन्धित वायुसेवाले रिसेड्युल गर्नुपर्छ ।

यो अवधिमा काठमाडौंबाट हुने चार्टर र हाल नियमित उडान गरिरहेका वायुसेवाको लागि अतिरिक्त उडानसमेत बन्द हुने छ । प्राधिकरणले काठमाडौं विमानस्थलको चाप घटाउन र पोखरा तथा भैरहवा विमानस्थल सञ्चालन गर्न काठमाडौं बाहिर उडान गराउनैपर्ने बाध्यात्मक अवस्था आएकोले उडानमा सहजीकरण गर्न खोजेको हो ।

यो बाध्यात्मक उडानसँगै प्राधिकरणले पोखरा र भैरहवाबाट हुने उडानमा शतप्रतिशत छुट दिएर उडान गराएर ती दुबै विमानस्थसमेत सञ्चालन गर्ने रणनीति बनाउने भएको छ ।


क्लिकमान्डु