लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा



काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समयदेखि व्यापार गर्दैआएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

काठमाडौंको तीनकुनेमा अवस्थित लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टरमा ग्रुपले हालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्सालस्थित भाटभटेनीमा सञ्चालनमा आइसकेको छ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्री ब्यालेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ । सेन्टरमा सबै प्राविधिकहरु इभी सर्टिफाइड दक्षता हासिल गरेका छ्न्।

सर्भिस सेन्टरमा ईभी चार्जिङ प्वाइन्ट, यथेष्ठ पार्किङ सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरु जडान गरिएको छ। ग्राहकको आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकको सहजता र सहुलियतको लागि स्टेसन सञ्चालनमा ल्याइएको बताइएको छ ।


क्लिकमान्डु